दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाडाैं | असार २८, २०८०

दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाण्डौ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताउनुभएको छ। 

 

बिहीवार आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताउनुभएको हो।

 

उहाँले आउँदो आर्थिक वर्षमा यो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिलेसम्म ५ सय ३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिनुभयो।

 

मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गतामैत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताउनु भयो। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्